बुधबार, १२ वैशाख २०८१

आधिँखोला लघुवित्तको शेयर कारोबार खुल्यो,ओपनिंग रेञ्ज कति ?

समयपोष्ट २०७६ भदौ ९ गते ११:१८

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा आधिँखोला लघुवित्तको शेयर कारोबार खुलेको छ ।

आइतबार कम्पनीको आईपीओ सहित कूल १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएसंगै सोमबारबाट कारोबार खुल्ला भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्त कम्पनीको शेयर कारोबारको लागि “एकेबिएसएल” कारोबार संकेत प्रदान गरेको छ । सोहि संकेतमा सोमबार दोस्रो बजारमा लघुवित्त कम्पनीको शेयर कारोबार खुलेको हो।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोहि रेञ्जलाई आधार मानेर लघुवित्तको पहिलो शेयर कारोबार खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री