बिहीबार, १३ वैशाख २०८१

भारतीय विदेशमन्त्री डा. एस. जयशंकर स्वदेश फर्किए

समयपोष्ट २०७६ भदौ ५ गते १७:२१

Advertisement

 

भारतीय विदेशमन्त्री डा. एस. जयशंकर स्वदेश फर्किएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनको लागि विदेशमन्त्री जयशंकर बुधबार अपरान्ह नेपाल आईपुगेका थिए ।

नेपाल बसाईको क्रममा जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेताहरुसँग सामूहिक भेट र उपेन्द्र यादव र बाबुराम भट्टराईसँग भेटवर्ता गरेका थिए ।

विदेशमन्त्री जयशंकरलाई विमानस्थलमा विदाई गर्न परराष्ट्र सचिव शंकरदास बैरागी गएका थिए । बैरागीले नै उनको नेपाल आगमनको बेलामा स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री