शनिबार, ८ वैशाख २०८१

चार बीमा कम्पनीसँग सिप्रदीको क्यासलेस इन्स्योरेन्सका लागि समझदारी

समयपोष्ट २०७६ भदौ ४ गते १३:१५

Advertisement

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालिले तीन बीमा कम्पनीसँग बीमा सेवा उपलब्ध गराउन समझदारी गरेको छ।

कम्पनीले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग क्यासलेस इन्स्योरेन्सका लागि समझदारी गरेको हो । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो।

समझदारी पत्रमा एनएलजीका सुनिल पन्त, प्रिमियरका सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टलका एमडी नायरले हस्ताक्षर गरे ।

समझदारीपछि गाडी दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।

सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुने विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्यक्रममा सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत राजेश गिरिको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री