शुक्रबार, ७ वैशाख २०८१

‘नाडा अटो शो २०१९’भदौं १० गतेदेखि

समयपोष्ट २०७६ भदौ १ गते १७:५९

Advertisement

नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ ।

यही भदौ १० देखि राजधानीको भृकुटी मण्डपमा सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गरिने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

भदौ १० गतेदेखि १५ गतेसम्म आयोजना हुने अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ ।

२३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राडका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थहरुको स्टल रहने छ ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले दशैं तिहार नजिकिँदै गर्दा आयोजना हुने यो मेला नाडाको मात्रै नभइ सबै नेपालीको उत्सव भएको बताए । उनले यसले थप उत्साह दिने बताए । अध्यक्ष दाहालले नाडा अटो शो आधुनिक हुँदै गएको र अघिल्लो वर्ष ७१ वटा स्टल भएकोमा यो वर्ष ९५ वटा स्टल रहने बताए ।

यस वर्ष मेलालाई आकर्षक बनाउन पहिलो पटक ओभरहेड ब्रिज बनाउन लागिएको नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री