शुक्रबार, १६ चैत २०८०

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा सांगीतिक कार्यक्रमको आयोजना (फोटो फिचर)

समयपोष्ट २०७६ साउन ३१ गते १६:३६

Advertisement

भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौँ स्थित भारतीय राजदूतावासले विश्व विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको विशेष आतिथ्यतामा दूताबासले बिहिवार भद्रकाली स्थित सैनिक सभामण्डवमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७०० भन्दा बढी व्यक्तिहरुको सो कार्यक्रमा उपस्थिति थियो । कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए ।

पण्डित हरिप्रसाद चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व हुन् र उनको सांगीतिक समूहले सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको थियो । उनले आफ्नो कुदरती आधुनिक तथा शास्त्रीय बाँसुरी बादनद्वारा समस्त दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । ‘उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समयसम्म सम्झी रहनेछ, दूताबासद्धारा जारी बिज्ञप्ती उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री