शुक्रबार, १४ वैशाख २०८१

इथियोपियामा विशाल कफी पार्क निर्माण गरिने

समयपोष्ट २०७६ साउन २९ गते १४:३१

Advertisement

इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाल कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन यस पार्कले सहयोग गर्ने विश्वास लिइएको छ ।

यो प्रस्तावित कफी पार्क निर्माणका लागि पाँच करोड अमेरिकी डलर पर्नेछ । इथियोपियाको राजधानी आदिस अबाबामा निर्माण गरिने यो पार्क करिब ३० हेक्टरमा बन्नेछ ।

इथियोपियाली कफी तथा चिया प्राधिकरणका निर्देशक हीउरु नुरुले पार्कको निर्माणले इथियोपियाको कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशक नुरुका अनुसार नयाँ पार्कमा कफी सङ्ग्रहालय र कफी बजार केन्द्रका साथै अरु धेरै सुविधा उपलब्ध हुनेछ । यो पार्क करिब तीन वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ ।

गत साता इथियोपिया सरकारले आफ्नो मुलुकमा उत्पादित कफीलाई विश्व बजारमा निर्यात गर्न अन्तर्राष्ट्रिय ब्रान्ड सार्वजनिक गरेको थियो । “इथियोपियन कफी” ब्रान्ड नाम दिइएको यस राष्ट्रिय अभियानले बजारीकरणमा मद्दत गर्ने कफी बोर्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री