बिहीबार, १३ वैशाख २०८१

४ अर्ब नाघ्यो नबिल बैंकको नाफा

समयपोष्ट २०७६ साउन २९ गते १२:२३

Advertisement

नबिल बैंकले गत आर्थिक बर्ष चार अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

नबिल बैंकले खुद व्याज आम्दानी ७ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ थियो।

बैंकले सर्वसारधाणबाट एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले एक खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले यस वर्ष निक्षेप संकलन २१.९२ ले सुधार गरेको हो।

बैंकको पूँजीकोष अनुपात १२.७१ प्रतिशत छ। खराव कर्जा ०.५५ प्रतिशतबाट बढेर ०.७४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले स्प्रेड दर ५.०५ प्रतिशतबाट ४.४३ प्रतिशतमा झारेको छ।

स्प्रेड घटेपनि आधार व्याज दर भने ७.७८ प्रतिशतबाट ८.०९ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी दुई रुपैयाँले घटेर ४७ रुपैयाँ कायम भएको छ। बैंकले गत वर्ष बोनस शेयर दिएर चुक्त पूँजी ९ अर्ब एक करोड रुपैयाँ पुर्याएको थियो। जगेडा कोषमा ९ अर्ब ३३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री