बुधबार, ५ वैशाख २०८१

स्टान्डर्ड चाटर्ड र एनसीसी बैंकको यस्तो आयो वित्तिय विवरण

समयपोष्ट २०७६ साउन २९ गते १०:०१

Advertisement

स्टान्डर्ड चाटर्ड बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण प्रकाशित गरेका छन् ।

विवरण अनुसार स्टान्डर्ड चाटर्ड बैंकले दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले दुई अर्ब १८ करोड ९८ लाख खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १३.९५ प्रतिशतले बढेको हो ।

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ८० करोड २४ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड ३१ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २९ करोड ८० लाख थियो । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष पाँच अर्ब १७ करोड २८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकले ७५ अर्ब ७३ करोड १५ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा १२.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा बैंकले ६७ अर्ब छ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी १९.१८ प्रतिशतले बढेर ५३ अर्ब ११ करोड एक लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४४ अर्ब ५६ करोड १३ लाख कर्जा लगानी गरेको थियो ।

खराब कर्जा ०.१५ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात २१.९० गुणा, प्रतिशेयर नेटवर्थ एक सय ८७ रुपैयाँ आठ पैसा, प्रति शेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा, आधार ब्याजदर ७.६३ प्रतिशत, कोषको लागत ५.५ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १९.९ प्रतिशत र सीसीडि ७३.१३ प्रतिशत रहेको छ ।

त्यस्तै एनसीसी बैंकले एक अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले एक अर्ब ३४ करोड १५ लाख खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १३.८१ प्रतिशतले बढेको हो ।

अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब १९ करोड ९७ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ९१.४८ प्रतिशतले बढेर तीन अर्ब आठ करोड ८० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६१ करोड २६ लाख थियो । हाल बैंकको चुक्ता पुँजी सात अर्ब एक करोड ८५ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष तीन अर्ब ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले ६७ अर्ब तीन करोड ५६ लाख निक्षेप संकलन गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा १७.०७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ अर्ब २६ करोड पाँच लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी १८.८६ प्रतिशतले बढेर ६१ अर्ब १३ करोड १८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ अर्ब ४३ करोड २१ लाख कर्जा लगानी गरेको थियो ।

खराब कर्जा २.७८ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात ११.३१ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ७८ रुपैयाँ ३८ पैसा, प्रति शेयर आम्दानी २१ रुपैयाँ ७५ पैसा, आधार ब्याजदर १०.२३ प्रतिशत, कोषको लागत ७.४९ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १४.०४ प्रतिशत र सीसीडि ७३.८४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री