बुधबार, १२ वैशाख २०८१

श्वेता दोस्रो श्रीमानबाट पनि घरेलु हिंसाको शिकार, छोरी समेत कुटिइन्

समयपोष्ट २०७६ साउन २७ गते १५:२२

Advertisement

टेली सिरियल कसौटी जिन्दगीकीबाट चर्चित बनेकी नायिका श्वेता तिवारी फिल्मी दुनियाँबाट अलि टाढै छिन् ।

खबरका अनुसार उनको पारिवारिक जिवन सुखद् वितिरहेको छैन । राजा चौधरीसँग विवाह गरेकी उनले घरेलु हिंसाको शिकार भएपछि डिभोर्स लिएकी थिइन् । पछिल्लो खबर अनुसार उनको दोस्रो श्रीमान अभिनवसंगको सम्बन्ध पनि राम्रो छैन ।

श्वेता एकपटक पुनः घरेलु हिंसाको शिकार भएकी छिन् र अभिनवले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठाएका छन् ।

एक वेबसाइटका अनुसार गत वर्ष श्वेता र अभिनवबीच केही समस्या चलिरहेको छ । तर दुबैले यो कुरा स्विकार गरेका थिएनन् । जहाँ श्वेता यसबारे चुप लागेर बसिन् भने अभिनवले यसलाई अस्विकार गरे । तर अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थप्पड हानेको बताइएको छ । त्यसपछि श्वेता सिधा पुलिस स्टेशन पुगिन् ।

पुलिस स्टेशनमा श्वेता आफ्नी छोरीसँगै रोइरहेकी थिइन् र चिच्याइरहेकी थिइन् । त्यतिबेला उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले पुलिसलाई अभिनव धेरैजसो रक्सीको मातमा मात्र भइरहेका जानकारी दिएकी छिन् । उक्त घटनापछि अभिनवलाई आइतबार करिब १ बजे पुलिस स्टेशन पुर्याइयो । त्यसपछि उनीहरु चारैजना करिब ४ घण्टासम्म त्यहाँ बसे । यद्यपि, अन्त्यमा श्वेताले आफू कानूनी लडाईं नलड्ने र यो मामलालाई घरमा नै सुल्झाउने कोसिस गर्ने भन्दै पुलिस स्टेशनबाट बाहिरिएको बताइन्छ ।

यद्यपि, एक अन्य वेबसाइटका अनुसार यो मामलामा अभिनवविरुद्ध मुद्दा दर्ता भएको छ जसमा अभिनवले श्वेताकी छोरी पलकका लागि अभद्र भाषासमेत प्रयोग गरेको थिए । श्वेताले अभिनवमाथि छोरीमाथि अभद्र टिप्पणी गरेर र अक्टोबर सन् २०१७ मा आफ्नो मोबाइलमा मोडलका अश्लील तस्बिर देखाएर उनको (पलकको) शालीनता नष्ट गरेको आरोप लगाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री