बुधबार, १२ वैशाख २०८१

‘युद्धलाई प्रोत्साहन किन ?’ भन्ने पाकिस्तानी महिलाको प्रश्नमा प्रियंकाको जवाफ यस्तो,भिडियो भाइरल

समयपोष्ट २०७६ साउन २७ गते ११:३६

Advertisement

 

सामाजिक सञ्जालमा हाल एक भिडियो भाइरल छ । भिडियो लस एन्जिल्समा भएको ब्यूटीकन फेस्टिबल २०१९ को हो । जहाँ प्रियंका पनि उपस्थित थिइन् । त्यहाँ  एक महिलाले उनलाई युनाइटेड नेशनको गुडविल एम्बेसडर हुँदासमेत युद्धलाई किन प्रोत्साहन दिइरहेकी थिइन् भनेर प्रश्न सोधिन् । प्रियंकाले जवाफमा आफूलाई देशभक्त बताइन् ।

सोसल मिडियामा सेयर गरिएको एउटा भिडियोमा एक महिलाले प्रियंका चोपडालाई भनिरहेकी छिन्, ‘तपाईं शान्तिका लागि संयुक्त राष्ट्र गुडविल एम्बेसडर हुन् र तपाईं पाकिस्तानमा परमाणु युद्धलाई प्रोत्साहित गरिरहेकी छिन् । तपाईंले जुन भन्नुभयो त्यो राम्रो तरिका होइन । एक पाकिस्तानी भएको नाताले मजस्ता लाखौं मानिस तपाईंका समर्थक छन् । ’

 

 

 

 

प्रियंकाले भनिन्, ‘म देशभक्त हुँ’

प्रियंकाले ती महिलालाई जवाफ दिँदै भनिन्, ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ । युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ । तर म देशभक्त हुँ । त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु । तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं । हामी सबै हिँड्ने मिल्ने एउटा बीचको बाटो  तय गर्नुपर्छ । ठिक त्यस्तै जुन तपाईं पनि गर्नुहुन्छ । हामी सबै प्रेमका लागि यहाँ छौं ।’

 

प्रियंकाको यस जवाफपछि भारतीय मिडियामा उनको लगातार प्रशंसा भइरहेको छ ।स्मरण रहोस्, जुन ट्वीटको विषयमा ती महिलाले प्रश्न गरेकी थिइन् त्यो ट्वीट उनले बालाकोट हवाई हमलापछि गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री