शुक्रबार, ७ वैशाख २०८१

प्राइम लाइफको मुनाफा ३१ करोड

समयपोष्ट २०७६ साउन २१ गते १२:४३

Advertisement

प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष ३१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक बर्ष इन्स्योरेन्सले २१ करोड ६३ लाख नाफा आर्जन गरेको थियो। बीमा शुल्क आर्जन २४.१० प्रतिशतले सुधार गरेको छ भने कर्जा लगानी गरेर २४ प्रतिशतले आम्दानी बढाएको छ। कम्पनीले गत आर्थिक वर्षमा दुई अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा यस्तो आर्जन दुई अर्ब २७ करोड रुपैयाँ थियो।

कम्पनीको कुल जारी बीमा लेख संख्या १६ लाख ८२ हजार छ भने हाल कायम बीमा लेख संख्या भने जम्मा तीन लाख ५५ हजार वटा छन्।

दीर्घकालीन कर्जा लगानी गरेर २३ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै बीमालेख धितोमा राखेर ७ करोड १२ लाख रुपैयाँ ब्याज आर्जन गरेको देखिन्छ।

मुद्दती निक्षेप तथा दीर्घकालीन लगानी ८ अर्ब ७ करोड रुपैयाँ छ। बैंक व्याजदर उच्च हुँदा कम्पनीहरुले मुद्दती निक्षेपबाट राम्रो आम्दानी गर्न सफल भएको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ७८ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब २४ करोड रुपैयाँ जम्मा गरेको छ। प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ भने प्रतिशेयर खुद सम्पत्ती मूल्य ७२९ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री