शनिबार, ८ वैशाख २०८१

‘टाटा कार मेला’सम्पन्न, १०३ थान नयाँ गाडी बुकिङ्ग

समयपोष्ट २०७६ साउन २० गते २०:०९

Advertisement

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हरेक वर्ष आयोजना गर्दै आएको कार मेला टाटा मोटर्स कार्निभल भव्यताका साथ सम्पन्न गरको छ । ग्राहकहरुको बाक्लो उपस्थितिमा उक्त कार्निभल ४ दिन सम्म चलेको थियो ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्गले भव्य एवं सभ्य रुपमा टाटा मोटर्स कार्निभल आयोजना गरेकोे थियो । यस अघि पनि सिप्रदी ट्रेडिङ्गले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो ।

टाटा मोटर्स कार्निभलले सुस्ताइरहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लास सहित कार्यक्रम सम्पन्न भएको नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । उक्त कार्यक्रम मार्फत एक हजार भन्दा बढि ग्राहकहरको आगमन भएकोे उनले जानकारी दिए ।

आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी र्टेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । आगामी दिनहरुमा समेत हर्ष र उल्लाशका साथ यस्ता किसिमका कार्यक्रम गर्दै ग्रहकहरुलाई अझ बढि सेवा र सुविधा दिने र ग्राहकहरु सँग अझ नजिक हुने समेत कम्पनीले जनाएको छ ।

टाटा मोटर्स कार्निभलमा विभिन्न अफरहरु समेत रहेको थियो । अफर अन्तर्गत एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण÷एप्पलको सेट÷तीन लाख सम्मको नगद छुटको व्यवस्था थियो ।

त्यसैगरी, एक लाख सम्मको लोएल्टी बोनश, एक वर्षसम्मको लागि रोड टयाक्समा छुट, डोर प्राईज एकजनालाई ब्याङकक भ्रमण, बुकिङ्गमा लक्की ड्र मार्फत एक स्यामसुङ्गको ३२ ईन्च टिभी उपहार, परिक्षण ड्राईभमाएक भाग्यशालीलाईलक्की ड्र वाट हुवाईको स्मार्ट फोन, प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट र प्रत्येक गाडिको डेलिभरीमा आकर्षक उपहारहरुको व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री