शनिबार, ८ वैशाख २०८१

विकासको आधार अटोमोबाइल

समयपोष्ट २०७४ भदौ १२ गते ५:०३

प्रदीपमान प्रधानको नाम सुन्दाबित्तिकै धेरैले हिट्को प्रालि सम्झन्छन् । उनका बुवाले ठमेलबाट सुरु गरेको हिट्को आज वार्षिक १३ करोड रुपैयाँसम्म कारोबार गर्ने ठाउँमा छ । हिट्को भारतमा मुख्य कार्यालय रहेको बहुराष्ट्रिय कम्पनी एल्गीको नेपालका लागि आधिकारिक बिक्रेता हो । एल्गीले कम्प्रेसर र अटोमोबाइल वर्कसपमा प्रयोग हुने इक्युपमेन्ट उत्पादन गर्दै आएको छ । विगत ३३ वर्षदेखि हिट्कोमा नेतृत्व गर्दै आएका प्रदीपमान प्रधान उद्योगमैत्री वातावरण बने नेपालमा प्लान्ट लगाउने सोचमा छन् । नेपाल अटोमोबाइल डिलर एसोसियसन ९नाडा० को सहकोध्यक्षसमेत रहेका उनीसँग नेपालमा अटो मोबाइलस उद्योगको सम्भावना, अटो मोबाइल्स व्यवसायीका समस्यालगायतका विषयमा समयबोधले गरेको कुराकानी :

Advertisement

एल्गीसँगको आबद्धता
एल्गी ग्रुपको मुख्य प्रडक्ट भनेको कम्प्रेसर हो । उसको साइड विङ भनेको अटोमोबाइल हो । तर, भारतमा एल्गी सुरु हुँदा उसले गाडीको वर्कसप इक्युपमेन्ट र बडिबिल्डिङको काम गथ्र्यो । अटोमोबाइलको काम सुरु गर्दा कम्प्रेसर आवश्यक हुनेहुँदा कम्पनीले सर्वप्रथम कम्प्रेसरमा हात हाल्यो । काम गर्दै जानेक्रममा कम्पनीले कम्प्रेसर उत्पादन गरयो । कम्पनीको मुख्य लाइन कम्प्रेसर भए पनि त्यसमा अटोमोबाइल पनि जोडिएको थियो । 
मैले एल्गीको काम गरेको १९८४ देखि अहिले ३३ वर्ष भयो । म एल्गीको परिवारको एउटा हिस्सा हुँ । त्यसकारण कम्पनीको मिसनमा हाम्रो पनि साथ रहिरहनेछ । हामी पनि सेल्स गर्दै छौं र बढ्दो पनि छ । एल्गी कम्प्रेसर सेक्सनमा विश्वमै सेल्सको आधारमा सातौं स्थानमा छ । सन् २०२७ मा सेकेन्ड पोजिसनमा आउने हाम्रोे मिसन छ । त्यो मिसन अर्गानिक कि इनअर्गानिक । अर्गानिक भन्नाले हामी आफैं नयाँ ब्रान्च अफिस खोली प्रडक्ट विकास गर्दै ब्रान्डिङ इमेज बनाएर गर्ने एउटा कुरा छ । इनअर्गानिक भनेको विभिन्न ठाउँको कम्पनीहरू किन्ने । अहिले एल्गीले फ्रान्समा, इटालीमा, अमेरिकामा या भनौं विश्वको धेरै स्थानहरूमा कम्पनी किनेको छ । त्यहीको लोकल इण्डष्ट्रीलाई किनेर त्यही सामान बनाएर बेच्ने । एल्गी भारतबाट सुरु हुँदै गएको बहुराष्ट्रिय कम्पनी हो । अरू बाहिरबाट सुरु भएर नेपाल, भारतमा छिर्छन् तर एल्गी भारत बेस कम्पनी हो, जसको भिजन विश्वमै छ । यसले अमेरिकामा फ्याक्ट्री खोल्दै छ । चाइनामा यासेम्बिलिङ प्लान्ट स्थापना गरेको छ । विश्वको हरेक ठाउँमा नेटवर्क बढाएर नम्बर टु पोजिसनमा रहने एल्गीकोे योजना छ । त्यसकै लागि अहिले प्रडक्टको कलर, ब्राण्डको इमेज सबै चेन्ज भएको छ । 

pradipman

हिट्कोको कथा
हिट्को प्रालिको थालनी मेरो बुवाले २०३१ सालमा ठमेलबाट गर्नुभएकोे हो । त्यतिबेला म आनन्दकुटी स्कुलमा पढ्दै थिएँ । त्यसको दुई वर्ष पछि २०३३ सालमा मैले एसएलसी दिएँ । एसएलसीपछि जेठो छोराको नाताले मैले बुवाको अफिस जोइन गरें । त्यतिबेला बुवाले उहाँको पाँचजना साथीहरूसँग पार्टनरसिप गरेर अफिस सञ्चालन गर्नुभएको थियो । केही समयपछि बुवाकोे साथीहरू कम्पनीबाट अलग भएपछि उहाँ एक्लैले अफिस सञ्चालन गर्नुभयो । त्यसपछि विभिन्न डिपार्टमेन्टमा रहेर बुवालाई सहयोग गर्न थालेको हुँ । त्यो समयमा म पनि कम्प्रेसरको डिल गर्दै थिएँ । नेपालमा गाडीको स्कोप देखियो । मानिस भारतमा एटिएस एल्गीका सामानहरू किन्न जान्थे । म पनि त्यसरी सामान किन्न जाँदै गर्दा या भनौं दुवै काम गर्दा गर्दै अटोमोबाइल विङमा रुचि बढ्यो । जब भारतमा गाडी उत्पादन सुरु भयो नेपालमा गाडी भित्रिन थाल्यो । नेपालमा भारतबाट गाडी निर्यात गर्दा राम्रो सर्भिसको बेस नभई भारतले गाडी उपलब्ध नगराउने हुँदा मैले वर्कसप चलाउन सुरु गरें । सन् १९८४ देखि मैले एल्गीको एजेन्सी लिएर वर्कसप चलाउन सुरु गरेको हुँ । सुरुवातमा कम्प्रेसर बिक्री गरे पनि एउटै कम्पनी भएको हुनाले अटोमोबाइल क्षेत्रमा पनि जोडिएँ । अहिले मैले अटोमोबाइल क्षेत्रलाई नै निरन्तरता दिँदै आएको छु । यस क्षेत्रले धेरै ठाउँमा परिचित गराएको छ । 
अहिले हामी पहिलेभन्दा निकै विस्तार भएका छौं । अहिले हाम्रो तीनवटा कम्पनीहरू छन् । एउटा हिट्को, अर्को सपोर्टका लागि खोलिएकोे शाखा अक्षय टेक्निकल सर्भिस र शरन इलेक्ट्रोनिक्स । ती सबैका विभिन्न क्षेत्रमा आफ्नै विशेषता छन् । यो त्यति फाइदाजनक क्षेत्र नभए पनि मेरो यस क्षेत्रमा आफ्नै एक पहिचान भएको हुनाले यस क्षेत्र छोड्न सकेको छैन । फेरि लगानी पनि धेरै परिसकेको छ । यस क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा छ । वर्कसप सञ्चालन गर्नेक्रममा सामान उधारो पनि दिनुपर्ने हुन्छ । सामान नदिए बन्द गर्नुपर्ने अवस्था आउँछ । सामान दियो पैसा उठाउन निकै समस्या पर्छ । वर्कसप चल्न नसके कि अन्यत्र सार्नुपर्यो कि त बन्द नै गर्नुपर्यो । 
यसअघि मैले पचास लाखको कारोबार गर्थें । यस वर्ष सेल्स चौध करोड पुगेको छ । त्यसमा ७० देखि ८० प्रतिशत अटोमोबाइल सेक्टर, फायर फाइटिङ, हाइड्रोपावर, विभिन्न उद्योगका लागि कम्प्रेसर, ल्यान्डिङ इक्वीपमेन्ट र स्पेयर पार्टसहरूलगायतका छन् । 

स्वदेशमै उत्पादनको सम्भावना 
यहाँको बजार सानो भएको हुँदा केही मात्रामा सम्भावना छ । मुख्य कुरा डिमान्ड हुनुपर्यो। मैले एकपटक सुरु गर्न कोसिस गरेको पनि हुँ । ठुल्ठूला इक्वीपमेन्टहरू सकिँदैन । तर, वर्कसपमा टुल्स, घर्रा जे चाहिन्छ त्यो स्टिलको पाता ल्याएर फायर इन्डक्सन, वेल्डिङ गरेर स्वदेशमै बनाउन सकिन्छ । अटो पार्टस्हरू पनि विभिन्न सेगमेन्टअनुसार चाहिने हुन्छ, यहाँ उत्पादन गर्यो तर कष्ट महँगो पर्यो भने कसैले किन्दैन । सस्तोमा नदिउँ सामान फस्ने भयो दिउँ आफूलाई नाफा नहुने भयो । त्यही भएर यहाँ उत्पादन गर्ने अप्सनहरू छन् । तर, अनुकूल वातावरण तयार नभएकाले सुरु गर्न सकिएको छैन । 
अर्कोतिर सरकारको पनि लङटर्म भिजन चाहिन्छ । आज सरकारले अटोमोबाइलमा मात्र नभई पार्टस्हरूमा पनि अन्तःशुल्क लगाइरहेको छ । अन्तःशुल्क उत्पादनमा लाग्ने हो तर नेपालमा ट्रेडिङमा अन्तःशुल्क लगाइराखेको छ । यही कारण हो जसले गर्दा बोर्डर एरियामा वर्कसप चल्दैन । पहाडतिर या हेटौंडा, बुटवलमा चल्छ तर भैरहवामा चल्दैन । भैरहवा या वीरगन्जको गाडी रक्सौल या सुनौली गएर टायर फेरेर आयो भने विनाड्युटी पास हुन्छ । त्यहीँ टायर मैले वीरगन्जमा गएर बेच्नुपर्यो  भने त्यो महँगो पर्छ । मैले ड्युटी तिरेर ल्याएको हुन्छु त्यो लिनुपर्यो । ग्राहकले महँगो भयो भन्छ । तर, त्यही टायरका लागि गाडी भारत पसेर टायर फेर्यो भने त्यसमा ड्युटी लागेन त्यो फिट भयो । किन्ने मान्छेले सस्तो खोज्नु स्वाभाविक नै हो ।
अहिले नेपालमा बजाजको वर्कसप आइरहेको छ, अरू मोटरसाइकलकोे यासेमब्लिङ प्लान्ट आउँदै छन् । गाडी र मोटरसाइकल भनेको बन्ने होइन धेरै पार्टस्हरू जोड्नुपर्ने हुन्छ । गाडी मगाउँदा, पार्टस् मगाउँदा ड्युटी कम हुनुपर्यो। भारतमा पनि मारुतीले सुजुकीसँग गाडी बनायो । पछि आफैं बनाउन थाल्यो । गर्ने तरिका त्यही हो । प्रविधि पहिले बाहिरबाट लिने बिस्तारै त्यसलाई नेपालीकरण गरेर नेपालमा के–के सामान बन्न सक्छ । यहाँको अवस्थाअनुसार त्यसलाई मूल्यांकन गर्दै नेपाली कम्पोनेन्ट बनाउँदै जानुपर्छ । गाडी मगाउँदा भन्सार कम गर्नुपर्यो भन्दा सरकार तपाईंहरू यहाँ उद्योग खोल्नुहोस् भन्छ । उद्योग खोल्न गाह्रो छ । एउटा मोटरसाइकलको यासेमब्लिङ उद्योग खोल्न पनि गाह्रो छ । यहाँ हुलास मोटर्स उद्योग खुलेको थियो त्यो बन्द भयो । त्यसैले सुविधा उपलब्ध नभई यो सम्भव छैन । टाटाले यसअघि एस गाडीको प्लान्ट राख्न खोजेको थियो, जग्गा सरकारले दिनुपर्ने, सरकारले दिन नसकेर त्यो प्लान्ट अन्य मुलुकमा पुगेर लगानी गरिरहेको छ । नेपालमा त्यो सञ्चालनमा आएको भए धेरैले राजगारी पाउँथे, नेपालको अर्थतन्त्रमा पनि केही सहयोग पुग्ने थियो । तर, राष्ट्रिय अर्थतन्त्र र रोजगारीको मेरुदण्ड अटोमोबाइल क्षेत्र भए पनि सरकारी दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । अटोमोबाइल क्षेत्रबारे सरकारसँग लङटर्म भिजन नै छैन । त्यसकारण हामीले उद्योगमा फोकस गर्न सकेनौ । 

उद्योग खोल्न न्यूनतम आधार 
कुनै पनि उद्योग खोल्नका लागि सबैभन्दा पहिले उद्योगमैत्री वातावरण हुनुपर्छ । सरकारको नीति स्पष्ट हुनुपर्छ । उद्योगमा लगानी गर्दा रिटर्न प्ले व्याक पिरियड धेरै लामो हुन्छ । त्यहाँ लेबरको समस्या हुनुभएन । बिजुलीको समस्या हुनुभएन । अहिले केही हदसम्म समस्या सुल्झिएको छ तर त्यसको लागि स्टेबल सरकार हुनुपर्यो । तराई बेल्ट अहिले पनि अस्थिर छ । सबै हिसाबले उद्योग खोल्न तराई बेल्टमै सजिलो छ । भारत जानका लागि सजिलो ठाउँ तराई बेल्ट नै हो । उद्योग लगाइसकेपछि नेपालको मात्र बजारले धान्दैन । त्यसैले भारतको बजारमा पनि जानुपर्ने हुन्छ । जस्तो मोटरसाइकलको उद्योग आयो उसको मेन प्लान नेपालको तराई बेल्ट र भारतको युपी र विहार कभर गर्ने हुनुपर्छ । डाबर यहाँ आयो उसको प्रडक्ट भारतको युपी र विहारलाई पनि लक्षित गरेर आएको थियो । भारत ठूलो छ, साउथमा गाडी फ्याक्ट्रीले युपी र विहार पठाउनु सट्टा नेपालमा बनेर पठाउँदा नजिक पर्छ । त्यसैले यहाँ उद्योग सञ्चालनमा ल्याउन मुख्य कुरा वातावरण बन्नुपर्यो । त्ससपछि सरकारको पोलिसी चेन्ज हुनुभएन । आज अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी र सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने क्षेत्रमा पर्छ । यो क्षेत्रले देशको कुल राजस्वमा १७ प्रतिशत र कुल कर राजस्वमा २० प्रतिशत योगदान पुर्याएको छ । 

pradhan

हार्मोनी कोड र अन्तःशुल्कको समस्या
हामी डब्लुटीओको सदस्य भएको हुनाले बिस्तारै हामीले भन्सार घटाउनुपर्ने बाध्यता छ तर कहीं नभएको जात्रा नेपालमा हुन्छ । अन्तःशुल्क लगाइदिनुहुन्छ । अन्तःशुल्क भनेको कुनै पनि सामान जहाँ उत्पादन हुन्छ, त्यहाँमात्र लाग्ने हो । तर, यहाँ बाहिरबाट ल्याइएको सामानमा पनि अन्तःशुल्क लगाइन्छ । 
अर्को मैले आफैंले भोगेको समस्या भनेको हार्मोनी कोड हो । हार्मोनी कोड भनेको अन्तर्राष्ट्रिय व्यापार गर्न सजिलो होस् भनेर अन्तर्राष्ट्रिय कष्टम युनियनले बनाएको कोड हो । त्यसमा आठ डिजिट हुन्छ । लास्टको अन्तिम डिजिट भनेको कन्ट्री कोड हो । जुन देशमा सामान बन्छ, त्यसको विभिन्न सब ब्रान्च हुन्छ । ६ वटा अंक मिल्छ तर अन्तिमको दुई अंक मिल्दैन । हाम्रोमा सामान भारतबाट आउने र त्यहाँको हार्मोनी कोडलाई फलो गरेर आउँदा यहाँ मिल्दैन । यो नमिल्दा भन्सारमा अनेक शंका–उपशंका गर्ने सबैभन्दा बढी भन्सार जुन छ, त्यसमा लगेर हालिदिने काम हुन्छ । 
अर्कोतिर बैंकमा पनि उस्तै समस्या छ । एल्सी खोल्दा, ड्राफ्ट खोल्दा जुन सामान मैले मगाउनुपर्ने हो, त्यसमा हार्मोनी कोड उल्लेख गर्नुपर्ने हुन्छ । त्यहाँ पनि नेपाल र भारतको हार्मोनी कोड नमिल्दा एल्सी खोल्न मिल्दैन भन्छ । केही बैंकले एल्सी खोल्नै मान्दैनन् । यो कुरा मैले धेरै फोरममा उठाउँदै आएको छु । कि नेपालले यो कोड मिलाउनुपर्यो । नभए भन्सार र बैंकलाई भनिदिनुपर्यो कि ६ डिजिट हुनैपर्छ अन्तिमको दुई डिजिट कन्ट्री कोड भएकाले त्यो नमिले पनि हुन्छ भनेर । 

अटोमोबाइल क्षेत्र अनप्रडक्टिभ होइन
अहिले कतिपय ठाउमा अटोमोबाइल क्षेत्रलाई अनप्रडक्टिभ भनेर व्याख्या गरिन्छ । अहिले हामी जुम्लाको स्याउ सबै कुहियो काठमाडौं आएन भन्छौं । बाटो बनेको भए त्यहाको मान्छेले स्याउ सस्तोमा पनि बेच्नुपर्दैनथ्यो कुहाउनु पनि पर्दैनथ्यो । नेपालको सामान नेपालमै बिक्री हुन्थ्यो । भारतबाट आउन सजिलो छ, जुम्लाबाट आउन गाह्रो छ । कुनै एउटा ठाउँमा बाटो बन्यो भने त्यो बाटोको जग्गाको भाउ किन बढ्छ । सरकारले बाटो बनाउन जोड किन गरिरहेको छ । बाटो पुगेपछि त्यो ठाउँको विकास हुन्छ । बाटोमात्र पुगेर भएन त्यो बाटोमा गुड्ने अटोमोबाइल पनि चाहियो । अटोमोबाइलभन्दा डोजर पनि पर्छ, ट्याक्टर, मोटरसाइकल सबै पर्छ । ट्याक्टरले खेती गर्न सजिलो भइरहेको हुन्छ । डोजरले निमार्णमा सजिलो भइरहेको छ । जम्मैलाई एउटै बास्केटमा हाल्नुभएन । लामो दूरीका ठुल्ठूला बस आइरहेका छन् । त्यसले मानिसको इफिसियन्सी बढिरहेको छ । नेपाल बन्द भएर गाडी नचल्दा मानिस किन घरमा बस्छ । त्यसबाटै अनुमान लगाउन सकिन्छ, यातायातको साधनहरूले मानिसको दैनिक जीवनमा कत्तिको असर गर्छ । त्यसकारण त्योे अनउत्पादनशील होइन । अटोमोबाइल्स क्षेत्र देश विकासको आधार हो । 

अटो भिलेजको आवश्यकता
धेरै नेपाली आज बाहिर गएर काम सिकिरहेका छन् । यहाँ गाडी पसल बढ्दो छ, गाडी मेन्टेनेन्स गर्ने इक्वीपमेन्ट चाहिन्छ ताकि त्यो गाडीको लाइफ बढोस् । नेपालको लगानीमा त्यो धेरै दिनसम्म चलाउन सकियोस् । त्यो लगानीले धेरै रिटर्न लिन सकोस् । त्यसको लागि एउटा राम्रो वर्कसपको जरुरी छ । 
मानिसले जुन बाहिरबाट सिकेर आउँछन् उनीहरूलाई सेवामूलक उद्योगसरह सुविधा प्रदान गरेको खण्डमा यहीँ वर्कसपहरू बढ्न थाल्छन् । अहिले गाडी कम्पनीहरू आफैंले वर्कसप बनाउनुपरेको छ । किनकि बाहिर राम्रो गाडी बन्दैन । गाडी कम्पनीले महँगो–महँगो सामान राखेर बनाउनुपर्ने हुन्छ । अहिले वर्कसपमा नयाँ प्रविधि प्रयोग भइरहेको छ । नयाँ–नयाँ इक्वीपमेन्ट चाहिन्छ । धेरै महँगो छ । ठूलो लगानी गरेर वर्कसप खोल्यो तर स्थायी ठाउँ नहुँदा तुरुन्त वर्कसप छाड्नुपर्ने बाध्यता छ । त्यसैले अटो ल्यान्डको व्यवस्था हुन आवश्यक छ । यो कुरा अटो मेकानिक्स संघले पनि उठाउँदै आएको छ । काठमाडौंबाहिर कतिपय ठाउँमा त्यो व्यवस्था भए पनि काठमाडौंमा हुन सकेको छैन । काठमाडौंमा पनि रिङरोडभित्र वर्कशप बनाउन नपाइने भनिएको छ । वर्कसपले पोलुसन पनि गर्छ त्यसलाई व्यवस्थित सरकारले बनाइदिनुप¥यो । वर्कसपको नम्स बनाउन जरुरी छ । त्यो भयो भने अटो व्यवसाय अझ विस्तार हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री