मंगलबार, ११ वैशाख २०८१

तीन भाषामा बन्ने भयो सिके राउतको जीवनमा आधारित फिल्म

समयपोष्ट २०७६ साउन २ गते ११:४७

Advertisement

मधेसका चर्चित नेता डा. सिके राउतको जीवनमा आधारित फिल्म बन्ने भएको छ ।

बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारित र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने जानकारी दिइयो ।

चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी दिइएको छ। विजेता गिरीको प्रस्तुति रहने चलचित्रको कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक गरिएको थियो ।

चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन् । चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन्।

चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा बन्ने छ। चलचित्रको लागत डेढ करोड अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री