शुक्रबार, १६ चैत २०८०

टाटा मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

समयपोष्ट २०७६ साउन १ गते १९:४३

Advertisement

टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । मंगलबारबाट सुरु भएको उक्त क्याम्प शुक्रबारसम्म चल्ने छ ।

काठमाडौंको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाडौं बाहिर इटहरी, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र मेचीमा यी क्याम्पहरु शुभारम्भ भएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा ग्राहकहरुले टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशत सम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट र व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरेको छ ।

साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन ।

मनसुनको समयलाई लक्षित गरि आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्त गर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री