शनिबार, ८ वैशाख २०८१

एन आई सी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता

समयपोष्ट २०७६ असार ३१ गते १३:५०

Advertisement

एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्रा.लि. ग्वार्को, ललितपुरबीच विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवाज्यू र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरे । सम्झौतासंगै बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त हुने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री