शनिबार, ८ वैशाख २०८१

आज राती अबेरसम्म बैंक खुल्ने

समयपोष्ट २०७६ असार ३१ गते १२:३१

Advertisement

नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर पुरै समय खूल्ला गर्न निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष २०५७| ७६ को आज अधिक मात्रामा राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने अन्तिम दिन भएकाले काउन्टर पुरै समय खूल्ला गर्न निर्देशन दिएको हो ।

आज रातको १२ बजेसम्म पनि भुक्तानी र राजस्व संकलन जारी रहने महालेखा नियन्त्रण कार्यालयले उल्लेख गरेको छ । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिइएको छ ।

खर्चको चेक पनि यसै दिन साट्ने व्यवस्था मिलाउन सबै चेक क्लियरिङ हुने शाखा र काउन्टर रातीसम्म कारोबारको व्यवस्था मिलाउन अर्थ मन्त्रालयले राष्ट्र बैंकमार्फत बैंकहरुलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री