शुक्रबार, ७ वैशाख २०८१

सिरहा पुगेर मन्त्री यादवले भने – तत्काल उद्धार र राहतमा लाग्नुहोस्

समयपोष्ट २०७६ असार ३१ गते १२:०५

Advertisement

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आउनुभएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिनुभएको हो ।

बाढी प्रभावित क्षेत्रका जनता सङ्कटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढी पीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिनुभयो ।

बस्तीभरि अझै बाढी रहेकाले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिनुहुँदै बाढी पीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो । यसअघि मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।

छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री