शुक्रबार, ७ वैशाख २०८१

कानको जाली फुट्ने गरी हानेका छविले शिल्पालाई भने- तपाईको लागि गान्धी बन्न तयार छु

समयपोष्ट २०७६ असार ३१ गते १०:११

Advertisement

अभिनेत्री शिल्पा पोख्रेल र निर्माता छविराज ओझाको घर झगडा मिल्नुको साटो झन् बिग्रिदै गएको छ । चौथी श्रीमती शिल्पा उनलाई डिभोर्स दिने तरखरमा छिन् । उनले फाइल दर्ता गराइसकेको जनाइरहदाँ छविले शिल्पालार्इ सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेका छन् । उनले शिल्पालाई तपाई भन्दै सम्बोधन गरेका छन् भने उनको लागि आफु गान्धी बन् तयार रहेको बताएका छन् ।

मध्यरातमा लेखेको स्ट्याटसमा निर्माता ओझाले शिल्पासँग तीन दिनदेखि भेट्न खोज्दा पनि समय नदिएको र आफू शिल्पासँग टेबलमा बसेर छलफल गर्न तयार भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन ।

तपाईंलाई पनि पार्दिन । मैले तीन दिनदेखि भेट्न खोज्दा तपाईंले मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु , संसारको कुनै पनि अदालत जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनु हुन्छ ।’ स्ट्याटसमा छविले शिल्पाले लगाएका सबै आरोपमा सत्यता नभएको पनि जिकिर गरेका छन् ।

उनले शिल्पा मिल्न तयार भएर आफू गल्ती कमजोरी सच्याएर गान्धी बन्न तयार रहेको पनि बताएका छन् । गत आइतबार शिल्पाले छविले आफूमाथि कुटपिट गरेको भन्दै शिल्पाले प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । ओझाले आफूबाट गल्ती भएको भन्दै लिखित माफी मागेपछि दुबैलाई प्रहरीले मिलाएर पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री