शुक्रबार, १६ चैत २०८०

अन्तत: छविको चौथो विवाह पनि टुंगिदैँ

समयपोष्ट २०७६ असार ३१ गते ९:३८

Advertisement

अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझासँग सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया अघि बढाएकी छिन् ।

बिहे भएको तीन बर्षसम्म विभिन्न प्रकारका घरेलु हिंसा सहेको बताएकी उनले एउटा अन्तरवार्ताका क्रममा भावुक हुँदै ‘डिभोर्स’ फाइल गरेको जानकारी दिइन् ।

ओझाले बारम्बार शंका गर्ने र घाँटी थिचेर चरम यातना दिएपछि आफू प्रहरीसम्म पुग्न बाध्य भएको बताएकी उनले एक हिसाबको मिलापत्र भए पनि घर नफर्किने बताएकी छन् ।

कानुनसम्मत जे जस्तो निर्णय हुन्छ त्यसैअनुसार चल्ने बताएकी उनले भनेकी छन्,‘मैले यो तीन बर्षमा जे जस्तो पीडा भोगेको थिएँ, त्यसलाई सहन नसक्ने अवस्था आयो । भोली कोही युवतीमाथि यस्तो नहोस् ।’

उनले ओझामा कुनै ग्लानी नभएको र अन्तरवार्ताहरूमा हेर्दा पनि त्यो नदेखिएको बताएकी छन् । एउटा अन्तरवार्ताका क्रममा ओझाले शिल्पाका लागि सँधै घरको ढोका खुला रहेको जानकारी दिँदै एकतर्फी हिसाबले मात्र सोच्न नहुने बताएका थिए । ओझाले आफूलाई चौथो बिहे गरी शिल्पालाई भित्राएको भन्नेहरूले उनको पनि दोस्रो बिहे रहेको बुझ्न भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री