बिहीबार, १५ चैत २०८०

भोली चन्द्रग्रहण : कुन राशीलाई फाइदा कुनलाई कष्ट

समयपोष्ट २०७६ असार ३० गते १९:०६

Advertisement

भोली मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु पूर्णिमाका दिन चन्द्र ग्रहण भइरहेको छ । नेपाल, भारतका साथै अष्ट्रेलिया, एशिया, यूरोप, अफ्रिका र दक्षिण अमेरिकामा देखिने यो ग्रहण नेपालमा भने राती एक बजेर ४५ मिनेटमा शुरु हुने छ । यसको मोक्ष भने बिहान ४ बजेर ४५ मिनेटमा हुनेछ ।

यो वर्षको चन्द्र ग्रहणको अवसरमा १ सय ४९ वर्ष अघि बनेको दुर्लभ योग बनिरहेको छ । १२ जुलाई १८७० का दिन गुरु पूर्णिमाका दिन चन्द्रग्रहण लागेको थियो । त्यतिखेर पनि शनि, केतु र चन्द्रसँगै धनु राशीमा अवस्थित थिए । सूर्य भने राहुसँग मिथुन राशीमा थियो ।

कुन राशीमा कस्तो असर ?

मेष

यो राशीका लागि ग्रहणको योग शुभ हुने देखिन्छ । यो राशी भएकाहरुलाई सफलतासँगै मानसम्मान पनि पाइने छ । धन पाउने सम्भावना समेत रहेको छ ।

वृष

वृष राशीका लागि समय कष्टदायी हुने देखिन्छ । सावधानीपूर्वक काम गर्नुपर्नेछ । धनहानीको योग देखिन्छ ।

मिथुन

मिथुन राशीका लागि समेत त्यति राम्रो लाभ देखिन्न । काम समयमा पुरा नहुँदा बाधा आउन सक्छ । नआत्तिएर धैर्यता राख्नु वेश हुने छ ।

कर्क

कर्क राशीका लागि उत्तम समय छ । काम तत्काल हुने र आशा अनुरुप फल पनि पाइने छ । सुखद वातावरण रहनेछ ।

सिंह

सिंह राशीका व्यक्तिलाई तनाव बढन सक्छ । विघ्नवाधाका कारण कुनै काममा मन नलाग्न शक्छ । मन शान्त राख्नुस । केही समयपछि समय तपाईको पक्षमा हुनेछ ।

कन्या

चिन्ता बढन सक्छ । जागिरमा अधिकारीहरुको सहयोग नपाउँदा मन उदास हुन सक्छ । बन्न लागेका काम पनि बिग्रिन सक्छन् ।

तुला

लाभदायक समय छ । सोचेका काम पुरा हुनेछन् । अविवाहितहरुलाई विहेको प्रस्ताव आउन सक्छ । प्रेमी प्रेमीकालाई उत्तम समय छ ।

वृश्चिक

तपाईले सावधान हुनुपर्ने समय छ । अलिकति पनि लापरवाहीले हानी हुनसक्छ । कुनै पनि काम गर्दा सोचेर मात्रै अघि बढनुहोला ।

धनु

सतर्कता राख्नुपर्ला । कुनै करिबी व्यक्तिले धोका दिन सक्छ । जागिरमा नोक्सानी हुने योग बनिरहेको छ । सावधानी आवश्यक छ ।

मकर

तपाईका लागि संघर्षमय समय छ । पुराना योजना विफल हुन सक्छन । कुनै अपरिचित व्यक्तिमाथि भरोसा नगर्नुस ।

कुम्भ

यो राशीका लागि समय शुभ हुने देखिन्छ । प्रगति हुने र जागिरमा पदोन्नतीको सम्भावना छ । काम समयमा पुरा हुने र वर्चश्स बढन सक्छ ।

मीन

तपाईको यात्राको योग बनेको छ । र, यो यात्राबाट लाभ पाइने देखिन्छ । भविष्यलाई लिएर प्रसन्न हुनुहुनेछ ।

सुतकको समय

चन्द्र ग्रहणको सूतक ग्रहण शुरु हुनभन्दा ९ घण्टा अघि नै शुरु हुन्छ । सूर्य ग्रहणको सूतक १२ घण्टा अघि शुरु हुन्छ । त्यसैले भोली चन्द्र ग्रहणको सूतक दिउँसो १.४५ बजेबाट शुरु भएर पर्सी बिहान ४ बजेर ४६ मिनेटसम्म रहनेछ । धार्मिक मान्यता अनुसार, सुतक अघि पूजा पाठ गर्ने परम्परा रहेको हुन्छ । यो दिन गुरुको पुजा गरिन्छ । सूतक काल अघि नै पूजा गर्नुपर्छ ।

ग्रहणको अन्य फल

शनि र केतु ग्रहणको समयमा चन्द्रसितै धनु राशिमा रहनेछन । यसले गर्दा ग्रहणको प्रभाव झनै बढाने छ । सूर्यसँग भने राहु र शुक्र हुनेछन् । सूर्य र चन्द्र चार विपरित ग्रह शुक्र, शनि, राहु र केतुको घेरामा रहनेछन् । यो सामग्री तपाई एभरेष्टदैनिक डटकममा पढ्दै हुनुहुन्छ । मंगल नीचको रहनेछ । यी ग्रहहरुको योगले तनाव बढन सक्छ । भूकम्पनको खतरा हुनेछ । बाढी, तूफान र अन्य प्राकृतिक प्रकोपले नोक्सानी हुने र राजनीतिमा विवाद र अस्थिरताको योग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री