शनिबार, ८ वैशाख २०८१

बीस अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

समयपोष्ट २०७६ असार २९ गते २०:०७

Advertisement

नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ ।

बैंकले यसअघि यही असार २३ गते पनि टे«जरी बिल बिक्री गरेको थियो । त्यस्तै बैंकले आज मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । ‘विकास ऋणपत्र २०८४ ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद प्रक्रियामा सहभागिता जनाएका छन् ।

उक्त विकास ऋणपत्र २०८४ असार ३० गते साँवा भुक्तानी हुनेछ । व्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री