शनिबार, ८ वैशाख २०८१

मनिषालाई हरेक महिना चाहिन्थ्यो नयाँ पुरुष : ऐश्वर्या

समयपोष्ट २०७६ असार २९ गते १५:५८

Advertisement

९० को दशकमा बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय निकै चर्चित हिरोइन थिए ।

त्यतिबेला ऐश्वर्या र मनिषाबीचमा ठूलो फाटो आयो जब राजीव मुलचंदानी मनिषासँग नजिकिए ।

सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको राजीव मुलचंदानीसँग अफेयर रहेको बताइन्छ तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् । बरु उनले आफ्नो नाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

१९९९ मा ऐश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् । मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वल्र्डको तयारीमा लागें । मिस वल्र्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें ।

१ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे । मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु ।

मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’ त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् ।

चिठी राजीवकै ह्याण्डराइटिङमा थिए । त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री