बिहीबार, १३ वैशाख २०८१

फेसबुकमाथि ५ अर्ब अमेरिकी डलरको जरिवाना

समयपोष्ट २०७६ असार २८ गते ९:३६

Advertisement

अमेरिकी नियामक सस्था ‘द फेडरल ट्रस्ट कमिसन(एफटीसी)’ले फेसबुकले प्रयोगकर्ताका तथ्याङ्कको गोपनीय सुचिनिश्तता नगराएको आरोप लगाएको छ ।

एफटीसीका अनुसार फेसबुकले राजनीतिक सरसल्लाह दिने संस्था क्याम्ब्रिज एनालिटिकालाई अनुपयुक्त रुपमा ८.७ करोड मानिसको तथ्याङ्क प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको छ ।

यस विषयमा एफटीसीले केही समयदेखि अनुसन्धान गरिरहेको थियो । अनुसन्धान सन् २०१८ मार्चमा सुरु भएको थियो । क्याम्ब्रिज एनालिटिकाले करौडौँ फेसबुक प्रयोगकर्ताको तथ्याङ्कमा पहुँच पाएको रिपोर्ट लगतै पछि अनुसन्धान सुरु भएको थियो ।

अनुसन्धान मुख्य ध्यान फेसबुकले सन् २०११ को प्रयोगकर्ताको तथ्याङ्क प्रयागबारे कानुन उल्लङ्घन गरे नगरेकोमा केन्द्रित थियो ।

त्यस कानुनमा समाजिक सञ्जालका प्रयोगकर्ताका तथ्याकं अरुलाई प्रयोग गर्न दिनु अघि कम्पनीले प्रयोगकर्तासँग अनुमति लिनुपर्ने हुन्छ ।

फेसबुकलाई दण्ड सजायँ दिनु पर्ने नपर्ने बारेमा साझा सहमति नभएपछि, निर्णय लिनको लागि मुद्दा हेरिरहेका आयुक्तमाझ मतदान नै गर्नु परेको स्रोतले बताएको छ । ३–२ को मतपरिणाम पछि फेसबुकलाई ५ अर्ब अमेरिकी डलर तिराउनु पर्ने निर्णय भएको हो ।

एफटीसीमा रहेका रिपब्लिकन पार्टी नजिकका आयुक्तले जरिबानाको पक्षमा मतदान गरेका थिए भने डेमोक्रेटिक पाटीसम्बद्ध आयुक्तले विरोधमा मत गरेका थिए ।

फेसबुकले यसमा कुनै प्रतिक्रिया नदिएको भए पनि उसले जरिवाना तिराइन सक्ने अनुमान परेको गरेको थियो । यही वर्षको सुरुवातमा उसले आफूमाथि ५ अर्ब डलरसम्मको जरिवाना हुन सक्ने अनुमान गरेको थियो ।

जरिवाना लागु हुनु अघि अमेरिकी सरकारको न्याय मन्त्रालय अन्तर्गतको नागरिक विभागले स्वीकृत गराउनु पछ । यदी विभागले जरिवाना स्वीकृत गराएमा यो एफटीएले कुनै प्रविधि कम्पनीलाई तिराएको सबैभन्दा ठूलो जरिवाना हुनेछ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री