शुक्रबार, १६ चैत २०८०

भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३ औं शाखा

समयपोष्ट २०७६ असार २७ गते १७:५९

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर ्िजल्लामा मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा आज असार २७ गते आफ्नो ९३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

उक्त शाखाको बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९३ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री