शुक्रबार, १६ चैत २०८०

शिल्पा र छविलाई छलफलका लागि प्रहरीले बोलायो

समयपोष्ट २०७६ असार २६ गते ११:४३

Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौले निर्माता छविराज ओझालाई छलफलका लागि डाँकेको छ । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध प्रहरीमा दिएको शान्ति सुरक्षा निवेदनको आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
‘शिल्पाले दिएको शान्ति सुरक्षाको निवेदनको आधारमा दुबैलाई छलफलका लागि हामीले बोलाएका छौ’, बोगटीले भने, ‘दुबैलाई १० बजे बोलाएका हौँ, अहिलेसम्म आएका छैनन् ।’

शिल्पाले शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको बाहिर हल्ला छ । तर परिसरका डिएसपी बोगटीले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

प्रहरी परिसरले बोलाएको विषयमा शिल्पाकी भाउजु नाता पर्ने चलचित्र निर्देशक सम्झना रौनियार उप्रेतीले भनिन् ‘छबिजीलाई बोलाएको हो । हामीलाई होइन । ‘झगडा बाहिर मिडियामा ल्याउनु, शिल्पालाई प्रहरीमा जान बाध्य पार्नु सबै छबिको क्रियाकलाप हो’ सम्झनाले आरोप लगाइन् ।

लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्य रुपमा बिबाह भएको थियो ।

अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमान्ले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेल मंगलबार प्रहरीमा पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री