बिहीबार, १३ वैशाख २०८१

छविराजले चौथीे श्रीमती शिल्पालाई कुटेर कानको जाली फुटाए !

समयपोष्ट २०७६ असार २६ गते ११:१३

Advertisement

अभिनेत्री शिल्पा पोख्रेलले आफुलाई श्रीमान एवं चलचित्र निर्माता छविराज ओझाले घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्ु । शिल्पाले छविराज बिरुद्ध महानगरीय परिसर काठमाडौँमा आफुमाथि हिंसा भएको दाबी सहित उजुरी दिएकी छन् ।

उनैले टेकुस्थित परिसरमा २२ असारमा उजुरी दिएकी हुन् । महानगरिय परिसर काठमाडौँका प्रबत्ता एवं प्रहरी नायव उपरिक्ष होबिन्द्र बोगटीका अनुसार अभिनेत्री शिल्पाले परिसरमा दिएको उजुरीमा श्रीमान छविराज ओझाबाट आफुमाथि घरेलु हिंसा भएको भन्दै शान्ति सुरक्षाको माग गरिएको छ। दोषीलाई कार्वाहीको माग पनि उजुरीमा गरिएको छ ।

उजुरीपछि महानगरप्य प्रहरी परिसर काठमाडौबाट छविराज ओझा र शिल्पा पोख्रेल दुवैलाई बोलाइएको थियो । यसरी बोलाएपछि छविराज २४ असारमा परिसरमा पुगे । परिसर पुगेको निकै बेर कुर्दा पनि शिल्पा नआएपछि सन्चो नभएका कारण प्रहरीकै अनुमतीमा आफु घर फर्किएको छविराजले राजधानीलाई बताए । यस विषयमा छविराजले राजधानीसंग भने हिजो देखि झाडावान्ताले सताएका कारण म बुधबार प्रहरीकोमा जान सकिन । भोलि बिहीबार त्यहाँ गएर यो बिषयमा बिस्तृत विस्कृत छलफल गर्नेछु । छविराजले शिल्पामाथि हातपात गरेर कानको जाली फुटाएको र यातना दिउको भन्ने समाचार सञ्चार माध्यममा बुधबार आएपछि यसबारेमा छविराजले भने ८ असारमा घरेलु प्रसंगमा हामीबीच सामानय भनाभन भएको भएपछि उनी त्यहीँ दिन घरबाट निस्किएर गएकी हुन् । त्यसपछि २२ असारमा आफन्तसंग हाम्रो घर गौरीघाटमा आएर आफ्नो आवश्यक कागजपत्र लिएर उनी निक्लिएकी हुन् ।

उनले अगाडी थपे मैले घरेलु हिंसा गरेँ भनेर उजुरी दिएको सुन्दा अचम्म आगेको छ । ८ असारपछि घर छाडेर गएकी शिल्पा धेरै वटा पार्टीमा पुगिन् र २२ गते घरमा आएर कागजपत्र लिएर गइन् । आफुलाई भएको सामान्य भनाभनलाई कसैको बहकाउमा आएर पत्नी शिल्पाले घरेलु हिंसा भन्दै प्रहरीमा उजुरी दिएको पनि छविराजले बताए । अभिनेत्री शिल्पा ८ असारबाट चलचित्र निर्देशक सम्झना रौनियारको घरमा बस्दै आएकी छिन् । कानको समस्याले कुरा गर्न नमिल्ने भन्दै उनले बुधबार राजधानीसंग कुरा गर्न मानिन्। रौनियारका श्रीमानसंग उनले भाइटिका लगाएकी हुन् ।

शिल्पा र चलचिज्ञ निमार्ता छविराज ओझाको विवाह २९ असार २०७३ सालमा भएको हो । त्यसअघि यी दुईबीचको सम्बन्ध नायिका र निर्माताको रुपमा थियो । विवाह भएको अढाइ बर्षछि यी दुईको विवाह दर्ता भएको हो । ६ महिनाअघि शिल्पाले र मैले विवाह दर्ता गरेका हौ । हामीबीच राम्रो े सम्बन्ध तोड्न उनका केही आफन्त लागेका छन् । छविले अगाडी थपे शिल्पा आफैमा असल अभिनेत्रीसंगै मेरी मिलनसार जीवनसंगिनी हुन् । घरेलु हिंसा भनेर प्रहरी केस गरेपछि उनी र मलाई छुटाउन तथा डिभोर्स गराउन सजिलो हुने भएकाले यस्तो कदम चालिएको हो ।

छविराजले २०७२ सालमा आफ्नो चलचित्र लज्ज बाट त्यति बेलाकी म्युजिक भिडियो मोडल शिल्पा पोख्रेरललाई नायिकाको रुपमा नेपाली चलचित्र क्षेत्रमा ल्याएका हुन् । सो चलचित्रको निमार्णकै क्रममा आफुहरुको प्रेम सम्बन्ध बसेको र त्यसपछि केही साथीको रोहवरमा आफुहरुले विवाह गरेको छविराजले राजधानीलाई प्रष्ट पारे । अभिनेत्री शिल्पाले विवाहपछि छविराजले निमार्ण गरेको तीन ओटा चलचित्र किस्मत २, हवल्दार सुन्तली र मंगलम्मा नायिका भएर अभिनय गरिन् । यी तीनवटै चलचिज्ञले राम्रो ब्यापार गरेको थियो ।

आफुहरुबीच एक बर्षयता दाम्पत्य सम्बन्ध राम्रो नभएको भन्ने चर्चाको खण्डन गर्दै छविराजले भने ८ असारसम्म हाम्रो सम्बन्ध राम्रो थियो । त्यसपछि भेटेर उनीसंग मैले कुरा गर्न पाएको छैन । अब नभेटी सम्बन्ध बिग्रियो भनेर म भन्दिन ।

धेरेलाई आफ्नो विवाह भएको कुरा भएकाले विवाहबारे सबै मिडियालाई यसअघि खुलासा नगरेको पनि छविराजले बताए । शिल्पाको फिल्म करिअरमा असर पर्ने भएर पनि उनीहरुले विवाहको सम्बन्धबारे नखुलाएका रहेछन् ।पहिला रितिरिवाजले विवाह गरे पनि ६ महिना अघि विवाह दर्ता गरेर यसलाइ कानुनी मान्यता दिएको छविराजले प्रष्ट्याए ।

चौथो श्रीमतीका रुपमा छविराजले शिल्पासंग विवाह गरेका हुन् । निर्माता छविराजको चलचित्र क्षेत्रमा लागेपछि पहिलो श्रीमतीसंग सम्बन्ध बिग्रियो ।त्यसैबेला उनले नायिका गिताञ्जली सुनुवारसंग प्रेम विवाह गरे । गिताञ्जलीको भान्सामा जलेर मृत्यु भएको थियो । तेस्रो श्रीमतीका रुपमा छविराजले रेखा थापासंग विवाह गरेका थिए । रेखालाई चलचित्र हिरोबाट छविराजले नेपाली चलचित्र क्षेत्रमा ल्याएका हुन् । ७ बर्षअघि रेखासंग पनि छविराजको दाम्पत्य सम्बन्ध विच्छेद भएको हो । त्यसपछि छविराजले चौथो पत्नीका रुपमा शिल्पासंग विवाह गरेका हुन् । आजको राजधानी दैनीकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री