बिहीबार, १३ वैशाख २०८१

सार्क फिल्म फेस्टिवल: स्वस्तिमाले हात पारीन् वेस्ट पर्फमर अवार्ड

समयपोष्ट २०७६ असार २४ गते ११:५४

Advertisement

श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री अवार्ड जितेकी छन्।उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन्। बुलबुलु सिनेमाका लागि उनले सो अवार्ड जितेकी हुन्।नेपाल यो तिम्रो लागि होु, अवार्ड जितेपछि स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै आफ्नो फेसबुकमा पोस्ट लेखेकी छन्।

विनोद पौडेल निर्देशित फिल्म बुलबुल मा स्वस्तिमाले टेम्पो चालक राणाकालको भूमिका निर्वाह गरेकी छन् ।
सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ सहभागी भएका थिए।यस्तैगरी फेस्टिवलमा लघु फिल्म मार्फत टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धी थिए ।यस्तै नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा सहभागी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री