शुक्रबार, ७ वैशाख २०८१

पाकिस्तानी पूर्व क्रिकेटर भन्छन् : आफ्नो छोरालाई तैमुर (करिना–सैफका छोरा) बनाउन चाहन्नँ

समयपोष्ट २०७६ असार २२ गते ११:१७

Advertisement

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आफ्नो युट्युब च्यानलमार्फत् छोराको पिता भएको जानकारी दिएका छन् । शोएबले आफ्नो बच्चालाई तैमुर (करिना–सैफको) का छोरा झैं लाइमलाइटमा ल्याउन नचाहेको भन्दै तस्बिर साझा नगर्ने बताएका छन् । शोएबका अनुसार श्रीमती रुबाब बेगमले बिहिबार छोरालाई जन्म दिएकी छिन् र आमा–बच्चा दुबै स्वस्थ छन् ।

पूर्व पाकिस्तानी क्रिकेटरले आफ्नो बच्चाको नाम अहिलेसम्म पनि नराखेको बताएका छन् । भिडियोमा प्रशंसकलाई सम्बोधन गर्दै शोएबले आफ्नो बच्चाको नामको विषयमा थोरै अलमलमा भएको बताए । शोएबले प्रशंसकलाई उनकी श्रीमती र बच्चाको राम्रो स्वास्थ्यका लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् । शोएबले रुबाब खानसँग सन् २०१४ मा विवाह गरेका थिए । उनका यसअघि ती वर्षका एक छोरा छन् जसको नाम उनीहरुले मोहब्बत मिगेल अली राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री