शुक्रबार, ७ वैशाख २०८१

चौधरी ग्रुप र हुवावेबीच सम्झौता,फोरजी सेवा विस्तारमा २५ अर्ब लगानी गर्ने

समयपोष्ट २०७६ असार १८ गते १४:०३

Advertisement

चौधरी ग्रुपले चाइनाको हुवावेसँग फोरजी सेवा संचालनका लागि सहमति गरेको छ ।

चौधरी ग्रुपले हुवावेसँग फोरजी सेवा संचालन गर्न एक सय मिलियन अमेरिकी डलर बराबर रकममा सम्झौता गरेको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले यो सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै नेपालभर फेरजी सेवा सजिलै उपलव्ध हुने दावी गरे ।

चौधरीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेलिग्राफसँग कुराकानी गर्दै भारतको मोबाइल क्षेत्रमा रिलायन्स कम्पनीले पकड जमाएजस्तै नेपालको मोबाइल बजारमा फोरजी सेवामार्फत हलचल नै ल्याउने दावी गरेका छन्।

चौधरीले भनेका छन्, ‘हामीले नेपालमा दुई सय ५० मिलियन डलर खर्च गर्ने लक्ष्य राखेका छौ । हामी फ्रि भ्वाइस सर्भिस पनि दिनेछौं र विशेष गरेर डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा विशेष ध्यान केन्द्रित गर्नेछौं ।

फोरजी सेवा सञ्चालनका लागि हुवावेले एक सय मिलियन अमेरिकी डलर बराबरका सामाग्री सप्लाई गर्नेछ, जुन पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिनेछ।

चीनको म्यानुफ्याक्चरसँग मिलेर सिमेन्ट क्षेत्रमा सहकार्य गर्न खोजेको समेत जनाएका छन्। सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेसन सञ्चालन गर्दै आएको छ।

चौधरीले अबको चार वर्षभित्र नेपालको टेलिकम बजारमा एक तिहाइ हिस्सा लिने दाबी समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री