शुक्रबार, १६ चैत २०८०

एसइई पूरक परीक्षाको समय तालिका सार्वजनिक

समयपोष्ट २०७६ असार १८ गते १३:१४

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार साउन २६ र २७ गते एसइई को पूरक परीक्षा हुने भएको छ। बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ ।

ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ । परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री