बिहीबार, १५ चैत २०८०

अध्ययनको खुलासा : बुवासँग खेल्ने बालबालिकाको दिमाग दुईगुणा तेज

समयपोष्ट २०७६ असार १६ गते १२:५३

Advertisement

हालै गरिएको एक अनुसन्धानले एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा प्रभाव पार्ने बताएको छ ।

लन्डन विश्वविद्यालयले गरेको एक अनुसन्धान अनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ। त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ ।

अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ । बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता देखिन थाल्छ ।

अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका दौरान उनीहरूले तीन महिनासम्म बच्चाहरूले आआफ्ना पितासँग खेलेको भिडियो बनाए । यसको दुई वर्षपछि उनीहरूले बच्चाहरूको मानसिक विकास सूचकांक हेरे । त्यसबाट बच्चाहरू बढी बुद्धिमान् भएको पाइयो ।

तपाईं पनि बच्चाहरूलाई बुद्धिमान् बनाउन चाहनुुहुन्छ भने उनीहरूसँग धेरै समय बिताउनुस् । उनीहरूका हरेक क्रियाकलापमा साथ दिनुस् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री