बिहीबार, १३ वैशाख २०८१

एनसेलले ‘दोब्बर सापटी योजना’ सार्वजनिक गर्दै

समयपोष्ट २०७४ साउन १५ गते ७:०६

एनसेल सापटी ५ वर्ष पुगेको अवसरमा एनसेलले 'दोब्बर सापटी योजना' सार्वजनिक गर्दैछ ।  साउन १६ गते सोमबारबाट लागु हुँने यस योजनामा एनसेलबाट सापटी लिदा रकम दोब्बर भएर आउँनेछ । यस योजनामा ग्राहकहरुले कम्तीमा पाँच रुपैयाँ र बढीमा तिस रुपैयाँसम्म सापटी लिन सक्ने एनसेलले जनाएको छ । 

Advertisement

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिने छ । प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न  सक्नेछन् । 

यो सेवा सुचारु गर्न ग्राहकहरुले * ९९८८ # डायल गरि प्राप्त निर्देशन अनुसार सेवा सुचारु गर्नसक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइने एनसेलले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री