शुक्रबार, १४ वैशाख २०८१

एनएमबी बैंकको नाफा साढे एक अर्ब पुग्यो

समयपोष्ट २०७४ साउन १२ गते ८:५६

एनएमबी बैंकले गत आर्थिक बर्षमा साढे एक अर्ब नाफा आर्जन गरेको छ । बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा गरेको हो । 

Advertisement

 अघिल्लो वर्ष  बैंकको नाफा १ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ मात्रै थियो । अघिल्लोको बर्षको तुलनामा बैंकको नाफा ३९ करोड ६३ लाखले बढेको हो । 

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुर्इ अर्ब ५६ करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी दुर्इ अर्ब एक करोड रुपैयाँ रहेको थियो। बैंकले गत आर्थिक बर्षमा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजीबाट ६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । बैंकको गत आर्थिक बर्ष जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ। 

बैंकको खराब कर्जा १.६६ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री