मंगलबार, ११ वैशाख २०८१

जनकलाकार प्रगति हिङमाङको आँखा उपचारको लागि युरोपबाट सहयोग

समयपोष्ट २०७४ साउन ११ गते १२:३५

कलाकार प्रगति हिङमाङको आँखाको उपचार गर्न युरोपमा क्रियाशिल नेकपा माओवादी केन्द्र निकट बिभिन्न संगठनले आर्थिक सहयोग उपलब्ध गराएका छन । 
बुधवार नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको उपस्थितिमा प्रगतिशिल महिला मञ्च बेल्जियमकी अध्यक्ष सुष्मा भुसालले उपचारार्थ संकलित १ लाख २५ हजार रुपैया कलाकार हिङमाङलाई हस्तान्तरण गरिन् । 
हिङमाङको माओवादी जनयुद्धको बेला २०६१ सालमा गोलीको छर्रा लागेर आखांको नानी गुमेको थियो । उनि सामना परिवार हुँदै अहिले जनकलाकार संघमा आवद्ध छिन् । उनले हालै सम्पन्न स्थानिय निकायको निर्वाचनमा माओवादी केन्द्रको चुनाव गित समेत गाएकी थिइन । हिङमाङका श्रीमान बिहानी बिक पनि जनकलाकार संघ मै क्रियाशिल छन । 
चुनावी अभियानको क्रममा माओवादी नेतृ भुसालसंग भेट हुँदा बिकले श्रीमतिको उपचारको लागि सहयोग जुटाईदिन आग्रह गरेका थिए । ‘चुनावी अभियानको क्रममा उहाँले सहयोग जुटाइदिन मलाई आग्रह गर्नुभएको थियो, प्रवक्ता भुसालले भनिन् ‘आशा गरौं कलाकार प्रगतिको रिर्पोट राम्रो आओस ।’ 
बिककोे आग्रह पछि प्रवक्ता भुसालले संयुक्त नेपाल मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल र जनप्रगतिशिल मञ्च बेल्जियमका महासचिव पवन सुवेदीलाई सहयोगको लागि आग्रह गरेकी थिइन । संकलित १ लाख २५ हजार संयुक्त नेपाली मोर्चा युरोप, प्रगतिशिल महिला मञ्च बेल्जियम र जनप्रगतिशिल मञ्च बेल्जियमले संयुक्र रुपमा संकलन गरेका थिए । कलाकार बिकले सहयोग जुटाइदिएकोमा प्रवक्ता भुसालप्रति आभार  ब्यक्त गरे । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री