मंगलबार, ११ वैशाख २०८१

माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको टुंगो लगायो

समयपोष्ट २०७४ साउन ११ गते ८:१९

नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगाएको छ । बुधबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकारमा जाने छ मन्त्रीहरुको नाम टुंगाएको हो । 

Advertisement

बैठकले गिरीराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

राज्यमन्त्रीका सन्दर्भमा भने बैठकले कुनै पनि निणर्य गरेको छैन । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री