शुक्रबार, ७ वैशाख २०८१

प्रभु बैङ्कको ई–शिक्षा पोर्टल सार्वजनिक

समयपोष्ट २०७४ साउन ११ गते ४:०८

प्रभु बैङ्कले  शैक्षिक संस्थालाई उपयोगी हुने गरी ई–शिक्षा पोर्टल सार्वजनिक गरेको छ । सोमवार आयोजित एक कार्यक्रमबीच प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त पोर्टलको उद्घाटन गरेका हुन् ।

Advertisement

शैक्षिक संस्थालाई प्रशासनिक, आर्थिक, शैक्षिक तथा अन्य व्यवस्थापकीय कार्यलाई ई–शिक्षा पोर्टल फलदायी हुने सो अवसरमा उनले बताए । यो पोर्टल भारतस्थित ई–शिक्षा कम्पनीले निर्माण गरेको हो ।  ई–शिक्षा डटकम वेबसाइट रहेको उक्त पोर्टल नेपालमा अनलाइन शिक्षाका लागि बहुउपयोगी हुने जनाइएको छ । ई–शिक्षा डटकम तथा मोबाइल एपका माध्यमबाट विद्यार्थीको सबै सूचना एउटै एप तथा साइटमा उपलव्ध हुने बताइएको छ । पोर्टलको प्रयोगसँगै असाइन्मेन्ट, एटेन्डेन्स, लाइबेरी, रिजल्ट सबै एकै एपमा उपलब्ध हुने भएको हो ।

पोर्टलको प्रयोगले शैक्षिक निकाय तथा कर्मचारीलाई कार्यभार कम हुने तथा उत्पादनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । 

पोर्टल लन्च कार्यक्रममा बोल्दै प्रभु म्यानेजमेन्टकी सीईओ कुसुम लामाले नेपालका अधिकांश प्रविधिमैत्री नभएको अवस्थामा पार्टको माध्यमबाट शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन सकिने बताइन ।

समूहले नयाँ प्रविधीलाई उपत्यकासहित गाउँ–गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ । विद्यालय तथा समग्र शैक्षिक क्षेत्रलाई डिजिटल बनाउने समूहको लक्ष्य छ । कार्यक्रममा बोल्दै प्रभु बैंकका सीईओ अशोक शेरचनले यस कार्यक्रममार्फत् बैंकको सामाजिक उत्तरदायित्वको काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री