बिहीबार, ६ वैशाख २०८१

टेलिकमको डाटा प्याकेज अब अनलाईनबाटै लिन सकिने

समयपोष्ट २०७४ साउन १० गते ५:०७

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न डाटा प्याकेज अनलाइन माध्यमबाट खरीद गर्न सकिने ब्यवस्था गरेको छ । यससंगै टेलिकमले उपलब्ध गराएका डाटा प्याकेज अब ग्राहकले टेलिकमको वेबसाईटबाटै खरीद गर्न सक्नेछन् । 

Advertisement

डाटा प्याकेज खरीद गर्नका लागि ग्राहकहरुले अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग गर्नुपर्नेछ । त्यसपछि आफूले प्रयोग गर्दै आएको जिएसएम वा 
सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नुपर्नेछ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिन्छ ।
त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ ।

सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ ।
यो डाटा प्याकेज आफ्नो मोबाइलमा *1415# डायल गरेर अथवा १४१५ मा एसएमएस पठाएर पनि लिन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री