शनिबार, ८ वैशाख २०८१

श्रावण मसान्त भित्र डिम्याट खाता नविकरण तथा बैंक खाता अध्यावधिक नगरे कारोवार रोक्का

समयपोष्ट २०७४ साउन ८ गते ७:३२

नेपाल मर्चेन्ट बैंकर्स संघले डिम्याट खाता नविकरण तथा बैंक खाता अध्यावधिक गर्न सुचना जारी गरेको छ । संघले साउनमसान्त भित्र संघमा आवद्ध निक्षेप सदस्यहरुकोमा खाता संचालन गरेका हितग्राहीलाई बार्षिक शुल्क बुझाउन सुचना जारी गरेको हो ।  

Advertisement

साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे  केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी) ले दिएको निर्देशन अनुसार खाता रोक्का हुने सुचनामा उल्लेख गरिएको छ । 

डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री