बुधबार, १२ वैशाख २०८१

हिमालयन पावरको आईपीओ नपरेको रकम आईतबारबाट फिर्ता हुँने

समयपोष्ट २०७४ साउन ७ गते ९:०१

हिमालयन पावर पार्टनरको साउन ८ गते आईतबारदेखि साधारण सेयर नपरेको रकम फिर्ता हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले सुचना जारी गर्दै २९ बैंक तथा वित्तीय संस्थामा नेपाल क्लियरिङ हाउसको आईपीएस प्रणाली माार्फत सिधै आवेदकको बैंक खातामा रकम  फिर्ता हुने जनाएको हो । 

Advertisement

ग्लोबल आइएमई क्यापिटका अनुसार लगानीकर्ताले २३ वाणिज्य बैंक, दुई विकास बैंक, चार फाईनान्स कम्पनीका आईपीओ आवेदकले खातामा नै रकम पाउने छन् ।  उल्लेखित बैंक तथा वित्तीय संस्थाबाहेक अन्यमा खाता रहेका आवेदक तथा उपत्यका बाहिरका आवेदकको हकमा आवेदन संकलन बुझाएको स्थानबाट रकम फिर्ता हुने क्यापिटलले जनाएको छ ।

नेपाल क्लियरिङ हाउसको सदस्य रहेका बैंकमा खाता हुने आवेदकले साउन १६ गतेसम्म खातामा रकमान्तर नभए क्यापिटलको कार्यालय जमलबाट एकाउन्टपेयी चेकमार्फत फिर्ता गर्ने बताएको छ । आफै उपस्थित हुन नसक्ने आवेदकले आईपिओ भरेको अर्धकट्टीको पछाडी मञ्जुरीनामा साथै आधिकारीक परिचयपत्रका साथ उपस्थित हुनुपर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री