शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंकको हकपद्र खुल्यो

समयपोष्ट २०७४ साउन ६ गते ६:४२

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिहीबारदेखि निष्काशन सुरु गरेको हो ।

Advertisement

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । बैंकका सेयरधनीले क्यापिटलको नक्सालस्थित कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र माछापुच्छ्रेको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री