बिहीबार, १५ चैत २०८०

रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित, को हुन कोविन्द ?

समयपोष्ट २०७४ साउन ६ गते ४:०५

रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व भएका छन । भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ । 
एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसकेका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स ९ एनडीए०’ तर्फबाट उहाँको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो । 
विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित भएका हुन । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका कोविन्दले ६५।३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन । 

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४।३५ प्रतिशत मत पाए । साउन २ गते सम्पन्न निर्वाचनपछि बिहिवार सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएको आयोगले जनाएको छ । निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । 

उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिनु भएका कोविन्द दुई पटक राज्यसभा सदस्य भइसकेका छन । भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्ने छन ।कानुनको राम्रो ज्ञाता, विसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्तिहुन । सत्तारुढ दलले दलित उम्मेदवारलाई बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । 
यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दलाई वधाई ज्ञापन गरेका छन । 
सन्देशमा भनिएको छ, “श्री रामनाथ कोविन्दलाई भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा वधाई १ तपाईँको पलदायी तथा प्रेरणादायी कार्यकालका लागि शुभकामना ।” 
यसैबीच कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीको भारतीय सत्तामा थप बल पुग्ने विश्वास विश्लेषकहरूले बताएका छन् । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ । भारतको जम्मा एक अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । उनी भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुन। रासस, पीटीआई,एएफ्पी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री