शुक्रबार, १६ चैत २०८०

हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारबाट २३ करोड सहयोग

समयपोष्ट २०७४ साउन ४ गते १३:१२

हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोडको चेक हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरेका हुन। 
आयोजनाको ५१८ किमी सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमी भारतको सहयोगमा बन्नेछ भने २१८ किमी सरकारले बनाउने सम्झौता भएको थियो । यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए।
 दुई सय १८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ । 

Advertisement

भारतको सहयोगमा निर्माण हुने २१८ किमी सडकको लागत रु आठ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि नौ वटा ठेक्का भइसकेको छ । तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री