बिहीबार, १३ वैशाख २०८१

ग्लोबल आइएमी बैंकको काउण्टर आन्तरिक राजश्व कार्यालयमा पनि

समयपोष्ट २०७४ साउन २ गते ६:०५

आन्तरिक राजश्व कार्यालय लहानको हाताभित्र आइतबारदेखि ग्लोबल आइएमी बैङ्कको काउण्टर सञ्चालनमा आएको छ।
आन्तरिक राजस्व कार्यालयमा कर बुझाउन आएका करदाताको सुविधालाई लक्षित गरी सञ्चालनमा आएको बैङ्क काउण्टरको आइतबार एक कार्यक्रमबीच आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उद्घाटन गरे ।

Advertisement

करदातालाई बैङ्किङ  प्रणालीबाट कर बुझाउन सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालयको परिसरभित्रै बैङ्कको काउण्टर  सञ्चालन गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री