शुक्रबार, ७ वैशाख २०८१

टेलिकमलेे सुरुवात् गर्यो ‘म्युजिक नेपाल एप्प’ ,रुची अनुसारका नेपाली संगीतको मज्जा लिन सकिने

समयपोष्ट २०७४ साउन २ गते ५:४६

नेपाल टेलिकमलेे म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवा सुरु गरेको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा सेवाको सुरुवात गरेका हुन् । आगामी मंगलबारबाट यो एप्प आम उपभोक्ताले प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । 

Advertisement

म्युजिक स्टि्रमिङ सेवाबाट एउटै प्लेटर्फम मार्फत ग्राहकलेे नयाँ तथा पुराना सदावहार नेपाली गित संगीतको चौविसै घण्टा आनन्द लिन सक्नेछन् । यो ‘म्युजिक नेपाल एप्प’ मार्फत ग्राहकहरुले रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न सक्नेछन् भने रुचाएका गीतहरु फेसबुकमार्फत साथीहरुसँग सेयर गर्न सक्नेछन् ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्तालाई नि:शुल्क उपलब्ध गराइने छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् ।

डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा भने डाटा शुल्क लाग्नेछ ।  वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् ।

हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध छ ।  छिट्टै आइओएसमा समेत यो सेवा उपलब्ध हुँनेछ ।  यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री