शुक्रबार, १६ चैत २०८०

सगरमाथा फाइनान्स गाभेर सेञ्चुरीको एकिकृत कारोबार सुरु,आईतबार सम्पुर्ण बैंकिंग सेवा अवरुद्ध हुँने

समयपोष्ट २०७४ असार ३१ गते ११:००

सेञ्चुरी कमर्शियल बैंकले सगरमाथा फाइनान्सलाई आफुमा विलय गरेर एकिकृत कारोबार सुरु गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार एक कार्यक्रमका बिच एकिकृत कारोबार सुरु गरेका हुन् । 

Advertisement

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउने क्रममा बैंकले सगरमाथा फाइनान्सलाई आफुमा विलय गरेको हो । यस अघि बैंकले इन्नोभेटिभ डेभलपमेण्ट बैंक तथा अरनिको डेभलपमेण्ट बैंकलाई आफुमा विलय गरेर एकिकृत कारोबार सुरु गरिसकेको छ । 

 शनिबार सार्वजनिक विदा परेकाले आइतबार एक दिन वित्तीय प्रणाली मर्जरका लागि सम्पुर्ण बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । 

अल्पाइन डेभलपमेण्ट बैंकलाई समेत आफुमा विलय गर्ने प्रकृयामा रहेको बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद  साउन १६ गतेदेखि निष्काशन गर्दैछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री