बिहीबार, १३ वैशाख २०८१

बलिउड अभिनेत्री मनिषा कोइराला एनआईसी एसिया बैंकको ब्राण्ड एम्बेस्डर

समयपोष्ट २०७४ असार २८ गते १३:५३

एनआईसी एसिया बैंकले आफ्नो ब्राण्ड एमवेस्टमा वलिउड अभिनेत्री मनिषा कोइरालालाई नियुक्त गरेको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिजाल र अभिनेत्री कोइरालाले सो सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

Advertisement

यो सम्झौतापछि अब बैंकको व्यवसायीक विकासमा अभिनेत्री कोइरालाले साथ दिनेछिन् । बैंकका हरेक व्यवसायीक गविविधीको प्रमोटका लागि उनलाई सो पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रिजालले चर्चित वलिउड अभिनेत्री कोइरालालाई व्राण्ड एमवेस्ट वनाउन पाउँदा खुसी लागेको वताए । उनले यसवाट बैंकको व्यवसायीक विकासमा अझ ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यस्तै, व्राण्डएमवेस्टर कोइरालाले पनि बैंकसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताइन् । उनले आफुले सकेसम्म जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री