बिहीबार, १३ वैशाख २०८१

डावर नेपालले मनायो रजतजयन्ती 

समयपोष्ट २०७४ असार २७ गते ४:०७

डावर नेपालले आफ्नो सेवा प्रारम्भ भएको २५ बर्ष पुगेको उपलक्ष्यमा बिशेष समारोह आयोजना गरी रजतजयन्ती मनाएको छ । 

Advertisement

काठमाडौंको सोल्टी होटलमा आयोजित बिशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेपालका लागि भारतीय राजदूत मनजीत पुरी,डाबर इण्डिया लिमिटेडका अध्यक्ष आनन्द वर्मन, प्रमुख कार्यकारी अधिकृत सुनिल दुग्गल र डाबर नेपाल प्रालिका प्रवन्ध निर्देशक रुक्मशम्शेर राणा सहभागी थिए। 

डाबर नेपाल सन् १९८९मा स्थापना भएको थियो भने व्यवसायिक उत्पादन सन् १९९२बाट सुरु भएको थियो । पहिलो वर्ष ५३ लाख कारोबार भएको यो कम्पनीको अहिले १० अर्बको कारोबार गर्छ। कम्पनीले प्रत्यक्ष रुपमा एक हजारलार्इ रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा २० हजारलार्इ रोजगारी दिएको छ। डाबरले रियल जुस,च्यवनप्रास,टुथपेष्ट,अमला हेयर आयल, हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल उत्पादन गर्दै आएको छ । 

सन् १९८४ मा श्री एस के वर्मनले स्थापना गरेको डावर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित छ ।
डावरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु  छन् ।

नेपाल सहित विश्वका ७ राष्ट्र युनाइटेड अरव इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, वंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा यसका उत्पादन केन्द्रहरु छन् । डावरका उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री