बिहीबार, १५ चैत २०८०

मौद्रिक नीतिप्रति चेम्बरको टिप्पणी : विगतकै निरन्तरता

समयपोष्ट २०७४ असार २६ गते १३:१२

नेपाल राष्ट्र बैंकबाट आइतबार जारी भएको मौद्रिक नीतिलाई नेपाल चेम्वर अफ कमर्सले विगतकै मौद्रिक नीतिको निरन्तरताको रुपमा लिएको छ । चेम्बरका महासचिव कमलेश अग्रवालले सोमवार एक विज्ञप्ति जारी गरी मौद्रिक नीति यथास्थितिमा जारी भएको टिप्पणी गरेका छन । 

Advertisement

विद्यमान परिस्थितिमा वैंकहरुको व्याजदर उच्च रहनुका साथै लगानीयोग्य तरलताको अभाब रहेकोले बैंक तथा वितीय संस्थाहरुबाट व्यवसायीहरुले चाहे अनुरुपको कर्जा सुविधा पाउन सकिरहेका छैनन् । यस परिवेशमा नेपाल चेम्वर अफ कमर्सले मौद्रिक नीति जारी गर्नु भन्दा अगावै विस्तारित मौद्रिक नीतिको सुझाब प्रस्तुत गरेको तर हालै जारी भएको मौद्रिक नीतिले निजी क्षेत्रको सुझाब समेट्न नसकेको जनाइएको छ । 

राज्यले परिलक्षित गरेको ७.२ को आर्थिक बृद्धि दर हासिल गर्न हाल जारी गरेको मौद्रिक नीति प्रभावकारी हुन नसक्ने पनि चेम्वरले जनाएको छ । उच्च व्याजदर भएकाले लगानीको प्रबाह नवढने र लगानीको वातावरण नवन्दा, आर्थिक बृद्धिदर उच्च हुन सक्दैन । वितीय व्यवस्थापनको सुधार गर्न अन्य श्रोतबाट कोषको व्यवस्था गर्ने प्रयास गरिएको भए पनि पर्याप्त नभएको जनाइएको छ । व्यवसायीले यूजेन्स एलसी अन्तरगत आयात गर्ने मालवस्तुका हकमा नेपाल राष्ट्र बैंकबाट जारी भएको परिपत्रले अत्यन्त नकारात्मक प्रभाब परेको हुँंदा अविलम्व फिर्ता लिई साविक बमोजिम मालवस्तु आयात गर्न पाउने व्यवस्थाको लागि समेत नेपाल चेम्वर अफ कमर्स माग गेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री