शुक्रबार, १४ वैशाख २०८१

ग्लोबल आईएमईमा गाभियो रिलायवल,चुक्ता पूँजी पुग्यो ८ अर्ब ८ करोड

समयपोष्ट २०७४ असार २६ गते ४:१६

 ग्लोबल आईएमई बैङ्कले रिलायबल डेभलपमेण्ट बैङ्कलाई प्राप्ति (एक्वायर) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । आइतवार आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त कारोबारको उद्घाटन गरेका हुन् ।

Advertisement

यो प्राप्तिसँगै ग्लोबल आईएमई १० ओटा बैङ्क तथा वित्तीय संस्थालाई मर्जर एवम् प्राप्ति गर्ने अग्रणी वाणिज्य बैङ्क बनेको छ ।

यो प्राप्तिपश्चात् ग्लोबल आईएमईको चुक्ता पूँजी ८ अर्ब ८ करोड, कुल निक्षेप ९७ अर्ब ७० करोड तथा कर्जा ८२ अर्ब पुगेको सो अवसरमा बताइयो । मर्जरपछि बैङ्कको १ सय १२ शाखा, भारत तथा अष्ट्रेलियामा प्रतिनिधि कार्यालय, १ सय १४ एटीएम, पाँच एक्सटेन्शन काउण्टर एवम् ४६ शाखारहित बैङ्किङ सेवा पुगेको छ ।

बि.स. २०६३ पौष १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दश बर्षको अवधिमा निजि क्षेत्रका वाणिज्य बैंकहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ । ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री